लामाबगर नाका खोलीएको एक सातामै सुन तस्करी, दोलखामा चार किलो सुनसहित तीन जना पक्राउ

निकासखबर संवाददाता

 

दोलखा । दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।

उनीहरुलाई बुधबार राति समातिएको प्रहरीले जनाएको छ। उनीहरूले तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ। सो नाका चीन सरकारले गत साता मात्र खुलाएको थियो।

मा प्रकाशित