दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

निकासखबर संवाददाता

दशैंका लागि असोज २२ गतेबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचछलफल भएको थियो । अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने र कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गर्ने भएको छ ।

साथै बिग्रिएको सडक तत्काल मर्मत गर्ने विभागले जनाएको छ।

मा प्रकाशित