मुख्य खबर

लिटरमा ११ रुपैयाँ घट्यो पेट्रोलको भाउ
निकासखबर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । जस अनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

काठमाडौँ आईपुगे इजरायलबाट उद्धार गरिएका नेपाली
काठमाडौं, ९ कात्तिक, २०८० ।

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानबाटउनीहरुलाई नेपाल ल्याइएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु उनीहरुलाई लिनका लागि इजरायल गएका थिए । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ४ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

इजरायलबाट २५३ जना नेपाली लिएर काठमाडौंका लागि उड्यो जहाज
निकासखबर संवाददाता

नेपाल एयरलायन्सको जहाज इजरायलबाट २५३ जना नेपाली लिएर काठमाडौँको लागि उडेको छ । नेपाली समय अनुसार बिहिबार साँझ ५ बजेर १५ मिनेटमा उडेको जहाज राति १:३० बजे नेपाल आईपुग्ने छ । नेपाल एयरलायन्सका आरएनआर २२९ जहाज काठमाडौँबाट दुबई हुँदै इजरायल गएको थियो । दुबईबाट नेपाली समय अनुसार ११ बजे उडेको उक्त जहाज नेपाली समय अनुसार दिउँसो २ बजे इजरायलको बेन गुरियन विमानस्थलमा ल्याण्ड गरेको थियो । जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि छन्न । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको उद्दारको लागि परराष्ट्रमन्त्रीलाई संगै पठाउने निर्णय गरेको थियो ।

इजरायलमा रहेका नेपाली ल्याउन निगमको जहाज राति साढे ११ बजे उड्दै
निकासखबर संवाददाता

इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति जहाज त्यसतर्फ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो । जहाज आज राती साढे ११ बजे उड्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने छ । प्राप्त जानकारी अनुार हालसम्म ३ सय ५० जना नेपालीले इजरायलबाट नेपाल फर्किनका लागि नाम टिपाएका छन् ।

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ : चन्द्र ढकाल
निकासखबर संवाददाता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबिच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिए । उनले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो समेत औंल्याए । उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताए । अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी,…