मुख्य खबर

सरकारद्वारा नेपालमा टिकटक तत्कालका लागि बन्दकाे निर्णय
निकासखबर संवाददाता

इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदै आएका छन् । मन्त्रिपरिषद् बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ । मध्य एसियाली मुलुक किर्गिस्तानले अगस्त ३० देखि बालबालिकाको कुलत र मानसिक स्वास्थ्य बिग्रेको कारण देखाउँदै यसमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसको दुरुपयोग गर्दै अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतमा असर पर्ने भएपछि टिकटकमाथि विभिन्न देशले प्रतिबन्ध लगाउने निर्णय गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बेलायतले सुरक्षाकाे कारण देखाउदै मन्त्री, सचिवलगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सन्…

लिटरमा ११ रुपैयाँ घट्यो पेट्रोलको भाउ
निकासखबर संवाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । जस अनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

काठमाडौँ आईपुगे इजरायलबाट उद्धार गरिएका नेपाली
काठमाडौं, ९ कात्तिक, २०८० ।

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानबाटउनीहरुलाई नेपाल ल्याइएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु उनीहरुलाई लिनका लागि इजरायल गएका थिए । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ४ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

इजरायलबाट २५३ जना नेपाली लिएर काठमाडौंका लागि उड्यो जहाज
निकासखबर संवाददाता

नेपाल एयरलायन्सको जहाज इजरायलबाट २५३ जना नेपाली लिएर काठमाडौँको लागि उडेको छ । नेपाली समय अनुसार बिहिबार साँझ ५ बजेर १५ मिनेटमा उडेको जहाज राति १:३० बजे नेपाल आईपुग्ने छ । नेपाल एयरलायन्सका आरएनआर २२९ जहाज काठमाडौँबाट दुबई हुँदै इजरायल गएको थियो । दुबईबाट नेपाली समय अनुसार ११ बजे उडेको उक्त जहाज नेपाली समय अनुसार दिउँसो २ बजे इजरायलको बेन गुरियन विमानस्थलमा ल्याण्ड गरेको थियो । जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि छन्न । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको उद्दारको लागि परराष्ट्रमन्त्रीलाई संगै पठाउने निर्णय गरेको थियो ।

इजरायलमा रहेका नेपाली ल्याउन निगमको जहाज राति साढे ११ बजे उड्दै
निकासखबर संवाददाता

इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति जहाज त्यसतर्फ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो । जहाज आज राती साढे ११ बजे उड्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने छ । प्राप्त जानकारी अनुार हालसम्म ३ सय ५० जना नेपालीले इजरायलबाट नेपाल फर्किनका लागि नाम टिपाएका छन् ।