इजरायलमा रहेका नेपाली ल्याउन निगमको जहाज राति साढे ११ बजे उड्दै

निकासखबर संवाददाता

इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति जहाज त्यसतर्फ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो ।

जहाज आज राती साढे ११ बजे उड्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने छ ।

प्राप्त जानकारी अनुार हालसम्म ३ सय ५० जना नेपालीले इजरायलबाट नेपाल फर्किनका लागि नाम टिपाएका छन् ।

मा प्रकाशित