काठमाडौँ आईपुगे इजरायलबाट उद्धार गरिएका नेपाली

काठमाडौं, ९ कात्तिक, २०८० ।

इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानबाटउनीहरुलाई नेपाल ल्याइएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु उनीहरुलाई लिनका लागि इजरायल गएका थिए ।

उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ४ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

मा प्रकाशित