मुख्य खबर
दरवार हत्याकाण्डसँगै राजतन्त्र समाप्त भयाे, ज्ञानेन्द्र शाह कुशका मात्र राजा : ओली
निकासखबर संवाददाताकाठमाडौं, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशका राजा मात्रै भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको टिप्पणी गरे । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गर्दै ज्ञानेन्द्रलाई कुशका राजा भनेका हुन् । तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको भन्दै दरबार हत्याकाण्ड भयानक षड्यन्त्र भएको उल्लेख गरे । ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्यो । राजतन्त्र समाप्त गर्यो’…
परिवर्तनको रक्षार्थ माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ११ मंसिर, २०८० ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षार्थ माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । सहिद प्रतिष्ठान नेपालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरेका छन् । विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु ।’ जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । यसअघि घाइतेहरुको सूचीमा छुटेकाहरुलाई पनि…
सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
निकासखबर संवाददाताकाठमाडौं, ११ माघ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् । अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहोरा, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेपाली काँग्रेसका नारायण दत्त भट्ट र महिलातर्फ नेकपा माओवादीका रेनु चन्द विजयी भएका हुन् । महिलातर्फ विजयी माओवादीकी रेनुले ४ हजार ४५३ मत पाएर विजयी बनिन् । त्यस्तै अपाङ्गतर्फ कांग्रेसका भट्टले ४ हजार ४१९ मत पाएर विजयी बने भने अन्यतर्फ कांग्रेसकै बोहराले ४ हजार ३४७ मत पाएर विजयी बनेका हुन् ।
मधेशबाट सत्तारुढ गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित
निकासखबर संवाददाताकाठमाडौं, ११ माघ। राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशबाट सत्तारुढ गठबन्धन दुवै उम्मेदवार विजयी भएका छन् । आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । ढुंगानाले अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर विजयी बने भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन् । महिलातर्फ निर्वाचित सत्ता गठबन्धनकी उम्मेदवार चौधरीको मतभार ७ हजार ९२३ छ भने प्रतिद्वन्द्वी एमालेकी उषादेवी थरुनीले २ हजार ४४६ मतभार प्राप्त गरेकी छिन् । मधेश प्रदेशका एक सय ३६ पालिका र…
लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णकुमारी सापकोटा विजयी
निकासखबर संवाददाताकाठमाडाैं, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् । सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गर्दै विजयी बनेका हुन् । त्यस्तै महिला क्लस्टरमा नेकपा एमालेकी तुलसा केसीलाई पराजित गर्दै कांंग्रेसकी सापकोटा विजयी भएकी हुन् । सत्तारुढ गठबन्धन दलको समर्थन रहेको सापकोटाले ५४३५ मत प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् । औपचारिक घोणणा हुन बाँकी रहेको…

