मुख्य खबर

परिवर्तनको रक्षार्थ माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, ११ मंसिर, २०८० ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षार्थ माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । सहिद प्रतिष्ठान नेपालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरेका छन् । विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु ।’ जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । यसअघि घाइतेहरुको सूचीमा छुटेकाहरुलाई पनि…

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
निकासखबर संवाददाता

काठमाडौं, ११ माघ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् । अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहोरा, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेपाली काँग्रेसका नारायण दत्त भट्ट र महिलातर्फ नेकपा माओवादीका रेनु चन्द विजयी भएका हुन् । महिलातर्फ विजयी माओवादीकी रेनुले ४ हजार ४५३ मत पाएर विजयी बनिन् । त्यस्तै अपाङ्गतर्फ कांग्रेसका भट्टले ४ हजार ४१९ मत पाएर विजयी बने भने अन्यतर्फ कांग्रेसकै बोहराले ४ हजार ३४७ मत पाएर विजयी बनेका हुन् ।

मधेशबाट सत्तारुढ गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित
निकासखबर संवाददाता

काठमाडौं, ११ माघ। राष्ट्रियसभा सदस्यका लागि मधेश प्रदेशबाट सत्तारुढ गठबन्धन दुवै उम्मेदवार विजयी भएका छन् । आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । ढुंगानाले अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर विजयी बने भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन् । महिलातर्फ निर्वाचित सत्ता गठबन्धनकी उम्मेदवार चौधरीको मतभार ७ हजार ९२३ छ भने प्रतिद्वन्द्वी एमालेकी उषादेवी थरुनीले २ हजार ४४६ मतभार प्राप्त गरेकी छिन् । मधेश प्रदेशका एक सय ३६ पालिका र…

लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णकुमारी सापकोटा विजयी
निकासखबर संवाददाता

काठमाडाैं, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य  निर्वाचनमा  सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् । सार्वजनिक मतपरिणाम अनुसार सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गर्दै विजयी बनेका हुन् । त्यस्तै महिला क्लस्टरमा नेकपा एमालेकी तुलसा केसीलाई पराजित गर्दै कांंग्रेसकी सापकोटा विजयी भएकी हुन् । सत्तारुढ गठबन्धन दलको समर्थन रहेको सापकोटाले ५४३५ मत प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् । औपचारिक घोणणा हुन बाँकी रहेको…

सरकारद्वारा नेपालमा टिकटक तत्कालका लागि बन्दकाे निर्णय
निकासखबर संवाददाता

इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदै आएका छन् । मन्त्रिपरिषद् बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ । मध्य एसियाली मुलुक किर्गिस्तानले अगस्त ३० देखि बालबालिकाको कुलत र मानसिक स्वास्थ्य बिग्रेको कारण देखाउँदै यसमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसको दुरुपयोग गर्दै अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतमा असर पर्ने भएपछि टिकटकमाथि विभिन्न देशले प्रतिबन्ध लगाउने निर्णय गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बेलायतले सुरक्षाकाे कारण देखाउदै मन्त्री, सचिवलगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सन्…