मुख्य खबर
व्यवसायीहरूको समस्या समाधानमा पहल गर्नेछु : राष्ट्रपति पौडेल
निकासखबर संवाददाताकाठमाडौं, २४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै बुधबार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीको समस्याप्रति आफू गम्भिर रहेको पनि बताए । अब चाँडै नै व्यवसायीहरुको समस्या समाधानका लागि सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीहरुले उठाएका मागहरु जायज भएको भन्दै यसको समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘तपाईंहरुले उठाएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले खेलेको भूमिका महत्वपूर्ण छ, तपाईंको समस्याको समाधान…
प्रधानमन्त्री प्रचण्डले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन
निकासखबर संवाददाताकाठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको जलजलेमा अवस्थित उद्योग रहेको स्थानमा पुगी प्रधानमन्त्री प्रचण्डले उद्योगको अवलोकन गरेका हुन् । प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्गले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उद्योगलाई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताएका थिए । नेपाल र जापान सरकारको संयुक्त लगानीमा विसं २०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो । उक्त उद्योगले उत्पादन गरेको ‘गैँडा छाप’ ब्राण्डको सिमेन्ट नेपाली उपभोक्तामाझ लोकप्रिय छ ।
आर्मीलाई हराएपछि पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि
निकासखबर संवाददाताकाठमाडौं, २० माघ । प्रधानमन्त्री कप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेसँगै पुलिसले प्रधानमन्त्री कप क्रिकेटको उपाधी जित्न सफल भएको हो । कीर्तिपुरको मैदानमा शनिवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आर्मी क्लव पराजित बनेको हो । जितका लागि आर्मीले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले ३७.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरी विजयी बनेको हो ।
भ्रष्टाचार सूचकांकमा नेपाल दुई स्थान माथि उक्लियाे
निकासखबर संवाददाताकाठमाडौं, १६ माघ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको छ । गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए पनि विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल कायमै रहेको हो ट्रन्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा नेपालको अवस्थामा दुई स्थान सुधार आएको छ । नेपाल ११० औं स्थानबाट १ सय ८ औं स्थानमा उक्लिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ…
क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्ने दिन : प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उनीहरुले गरेका अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहिद स्मारक लैनचौर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले दिएको उच्च बलिदानको स्मरण गरेका छन् । प्रधानमन्त्रीले धभने, ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।’ शहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने भन्दै…

