मुख्य खबर
प्रधानमन्त्री बन्ने ‘विप्लव’ को चाहना
निकासखबर संवाददाताबुटवल, २७ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पाँच वर्ष नेपालको प्रधानमन्त्री बन्न पाउने चाहना व्यक्त गरेका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने दावी समेत गरे । उनले भने, ‘एक पटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर पाँच वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’ संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको उनले बताए । उनले अन्य दलहरुसँग एक पटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह समेत गरे । विप्लवले भने, ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट…
मधेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसाद सिंह जसपा प्रवेश
निकासखबर संवाददाताकाठमाडौं, २७ माघ । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसादसिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । शनिबार सप्तरीको बोदेबरसाइन नगरपालिका– ५ मा आयोजित एक कार्यक्रमबीच यादव जसपा प्रवेश गरेका हुन् । कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले सिंहलाई माला र टीका लगाएर स्वागत गरेका छन् । यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद हुन् । पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
पहिचान र अधिकारका पक्षधर गोलबन्द हुनुपर्छः प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताएका छन् । सोनाम ल्होछारका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सक्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईँहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुर्नुस् ।’, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा…
बाँसबारी जग्गा घोटाला प्रकरणः चौधरीसहित तीन जना रिहा
निकासखबर संवाददाताकाठमाडौं, २४ माघ । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो । उनीहरूलाई सीआईबीको हिरासतमा राखिएकाे थियाे । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९६० बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नेसम्मको अवस्था नदेखिएको पनि ठहर थियो । जग्गा हिनामिना गरेको…
ओली सरकारले गरेकाे निर्णय सर्वाेच्चद्वारा खारेज
निकासखबर संवाददाताकाठमाडौं, २४ माघ । झापाको विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटले हदबन्दीभन्दा धेरै राखेको जग्गा बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने तत्कालिन केपी ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । चिया बगान सार्न दिने निर्णय गैरकानूनी र बदनियपूर्ण भएको भन्दै ओली सरकारले गरेको निर्णय खारेजीकाे मागसहित अदालतमा परेको रिटको आज सुनुवाई भएको हो । तत्कालिन ओली सरकारले गरेको सो निर्णय सर्वाेच्चले खारेज गरिदिएको छ । गिरीबन्धु चिया बगानको जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको थियो । तत्कालिन प्रधानमन्त्री केपी ओलीको समयमा हतार–हतार भूमिसम्बन्धि ऐनसमेत संशोधन गरेर गिरिबन्धु टी इस्टेटको हदबन्दीभन्दा अर्बौको जग्गा बिक्री गर्ने अनुमति मन्त्रिपरिषदबाटै दिइएको…

