मुख्य खबर

महोत्तरीमा झडप, प्रहरीद्वारा ४ राउन्ड हवाई फायर
निकासखबर संवाददाता

महोत्तरी, ५ फागुन । महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप भएको छ । मेलाको कलश यात्राका क्रममा विवाद हुँदा दुई समूहबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् । ब्रह्मस्थान मन्दिरमा महावीर झन्डा मेलाको आज उद्घाटन गरिदैछ । मेलाको उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो । कलश यात्रा मस्जिद भएको स्थानबाट गएको र त्यहाँ जय श्रीरामको नारा लगाएपछि मुस्लिम समुदायले विरोध गर्दा…

कपिलवस्तु बस दुर्घटना : मृतक १० जना कै सनाखत
निकासखबर संवाददाता

काठमाडौं, ३ फागुन । कपिलवस्तुमा आज भएको बस दुर्घटनामा मृत्यु भएका १० जना कै सनाखत भएको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ पुरुष र ३ महिलासहित १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिएका छन् । मृतकहरु सबैको सनाखत भएको प्रहरीले जनाएको छ । मृतकहरुमा रौतहट औराही–३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कन्चनपुरका २४…

प्रचण्डद्वारा मस्यौदा विधान पेस
निकासखबर संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत सबै कमिटीहरु निर्माण गर्ने प्रस्ताव गरेका छन् । मंगलबारदेखि प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा अध्यक्ष प्रचण्डले मस्यौदा विधानबारे सामान्य ब्रिफिङ र मस्यौदा प्रस्ताव पेस गरेका थिए । सो क्रममा प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने विषय उठ्दै आएकाले यसबारे अहिलेको परिस्थितिमा प्रत्यक्ष निर्वाचित कमिटी नै हितकर हुनसक्ने प्रचण्डले धारणा राखेका थिए । यस्तै केन्द्रीय समिति निर्वाचित गरिसकेपछि पनि केही निश्चित प्रतिशत कोटा राख्ने कुरा पनि बैठकमा भएको र भएको र सोअनुसार १० प्रतिशत सहवरणको प्रावधान राख्ने अध्यक्ष प्रचण्डले प्रस्ताव राखेका थिए । अधिवेशनमा करिब…

लमजुङ क्याम्पसमा नेविसंघ र अखिलका विद्यार्थीबीच कुटाकुट, चार जना घाइते
निकासखबर संवाददाता

लमजुङ, २७ माघ । लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट भएको छ । शनिवार विहान सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पसको होस्टलमा दुई पक्षबीच कुटाकुट भएको हो । नेविसंघनिकट भनिएका विद्यार्थी अखिलमा लगिएको निहुँमा विवाद सुरू भएको थियो । नेविसंघनिकट विद्यार्थीले चौरमा बसिरहेका विद्यार्थीमाथि विना कारण आक्रमण गरेको अनेरास्ववियुको दाबी छ । घटनामा अनेरास्ववियुमा आबद्ध चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने घटनामा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समीक बडाल र गण्डकी प्रदेश अध्यक्ष…

प्रधानमन्त्री बन्ने ‘विप्लव’ को चाहना
निकासखबर संवाददाता

बुटवल, २७ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पाँच वर्ष नेपालको प्रधानमन्त्री बन्न पाउने चाहना व्यक्त गरेका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने दावी समेत गरे । उनले भने, ‘एक पटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर पाँच वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’ संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको उनले बताए । उनले अन्य दलहरुसँग एक पटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह समेत गरे । विप्लवले भने, ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट…