प्रचण्डद्वारा मस्यौदा विधान पेस

निकासखबर संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत सबै कमिटीहरु निर्माण गर्ने प्रस्ताव गरेका छन् ।

मंगलबारदेखि प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा अध्यक्ष प्रचण्डले मस्यौदा विधानबारे सामान्य ब्रिफिङ र मस्यौदा प्रस्ताव पेस गरेका थिए । सो क्रममा प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने विषय उठ्दै आएकाले यसबारे अहिलेको परिस्थितिमा प्रत्यक्ष निर्वाचित कमिटी नै हितकर हुनसक्ने प्रचण्डले धारणा राखेका थिए ।

यस्तै केन्द्रीय समिति निर्वाचित गरिसकेपछि पनि केही निश्चित प्रतिशत कोटा राख्ने कुरा पनि बैठकमा भएको र भएको र सोअनुसार १० प्रतिशत सहवरणको प्रावधान राख्ने अध्यक्ष प्रचण्डले प्रस्ताव राखेका थिए ।

अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन् । अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले पार्टी चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो।

बैठकमा पार्टीका नेतृत्व चयन प्रक्रियाको विषयमा बहस भइरहेको छ । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव गरेका पेस गरेका छन् ।

 

मा प्रकाशित