मुख्य खबर

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट सुरु
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । चैत ७ गतेसम्म सन्चालन हुने सो खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइनेछ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियान तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप…

सर्वोत्तम सिमेन्टको आईपीओ खुला
निकासखबर संवाददाता

काठमाडौ, १३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेको छ । आजबाट सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको यस कम्पनीको आईपीओका लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन २७ गतेसम्म खुला गरिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण…

मेलम्चीको पानीमा भ्रष्टचार, भीम उपाध्यायसहित १८ जना विरुद्ध मुद्दा दायर
निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा आज पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १८ जनालाई प्रतिवाद बनाई मुद्दा दायर गरेको हो । त्यस्तै त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुमाथि ८५ करोड ९१ लाख रुपैयाँ हिनामिनाको अभियोग छ। खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख…

तीन हजार लघुवित्त पीडितहरू काठमाडौंमा
निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । सरकारले समिति बनाएर पनि केहि काम नगरेकोको भन्दै देशभरबाट झण्डै तीन हजार लघुवित्त तथा वित्तीय पीडितहरू राजधानी आएका छन् । उनीहरुले राजधानीमा ¥याली समेत निकालेका छन् । सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले दिएको जानकारी अनुसार देशभरबाट लघुवित्त पीडितहरु काठमाडौं आएका हुन् । उनीहरूले भोलिदेखि नियमित रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएका छन् । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने तयारीमा रहेको उनीहरुले बताए ।

समाजवादी मोर्चाको संयोजक बने विप्लव
निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा आइतबार बसेको मोर्चाको बैठकले आलोपालो नेतृत्वको फर्मुला अनुसार विप्लवलाई संयोजक चयन गरेको हो । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल थिए । पूर्वसहमति अनुसार सो नेतृत्व विप्लवलाई दिइएको हो । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए ।…