मुख्य खबर
सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला
निकासखबर संवाददाताविराटनगर, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत फेला परेका छन् । धनपालथान गाउँपालिका–३ मा उनी मृत फेला परेका हुन् । उनी समेही गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख थिए । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।
वर्षाका कारण नेदरल्यान्ड्स र मलेसियाबीचको खेल रोकियो
निकासखबर संवाददाताकाठमाडौं, २० फागुन । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । वर्षाका कारण मैदानमा कभर ढाकिएको छ भने दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् । खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ । नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ…
दूग्ध किसानहरुको आन्दोलन स्थगित
निकासखबर संवाददाताकाठमाडौं, २० फागुन । सरकार र किसानहरुबीच पाँच बुँदे सहमति भएपछि दूध किसानहरुले आन्दोलन स्थगित गरेका छन् । दुध बिक्री गरेबापतको करिब सात अर्ब रूपैयाँ नपाएको भन्दै दुध सडकमा फालेर आन्दोलनमा उत्रिएका किसान र सरकारबीच शनिवार सहमति भएको हाे । शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीच वार्ता भएको हो । वार्तामा किसानहरुले आगामी एक महिनाभित्र दूध बिक्रीवापतको रकम भुक्तानी पाउने सहमति भएको छ । दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी पाउने सहमति भएको बताएका छन् । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई…
अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी
निकासखबर संवाददाताकाठमाडौ, १३ फाल्गुन । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) रुट परमिट जारी गरेको छ । निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो । यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमति पत्र प्रदान गर्दै आएको थियो । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले सो श्रट परमित जारी गरेको हो । गत हप्तादेखि विद्युतीय माध्यममार्फत रुट परमिट दिने व्यवस्था मिलाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए । म्याजिकल नेपाल प्रालिमार्फत तीन जना चिनियाँ नागरिकको अनलाइन माध्यममार्फत रुट परमिट जारी…
नाभाल्नीको शव उनकी आमालाई दिइयो
निकासखबर संवाददाताकाठमाडौं, १३ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमालाई दिइएको छ । उनको १६ फेब्रुअरीमा आर्कटिक सर्कलको जेलमा मृत्यु भएको थियो । उनको अन्तिम संस्कार हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ । नाभाल्नीको अन्तिम संस्कार गोप्य ढंगले गर्न उनकी आमालाई मनाइएको र त्यही सर्तमा शव दिइएको दाबी गरिएको छ । यसअघि शव माग गर्दै आमा ल्युदमिया नाभाल्नीको मृत्यु भएको जेल अगाडि उभिएकी थिइन् । नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा उनकी आमा ल्युदमियाले हस्ताक्षर गरेपछि मात्र शव जिम्मा लगाइएको हो । नाभाल्नीका प्रवक्ताले भनेका छन् गोप्य…

