मधेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसाद सिंह जसपा प्रवेश

निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसादसिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

शनिबार सप्तरीको बोदेबरसाइन नगरपालिका– ५ मा आयोजित एक कार्यक्रमबीच यादव जसपा प्रवेश गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले सिंहलाई माला र टीका लगाएर स्वागत गरेका छन् ।

यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद हुन् । पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

मा प्रकाशित