प्रधानमन्त्री प्रचण्डले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

निकासखबर संवाददाता

काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको जलजलेमा अवस्थित उद्योग रहेको स्थानमा पुगी प्रधानमन्त्री प्रचण्डले उद्योगको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्गले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उद्योगलाई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताएका थिए ।

नेपाल र जापान सरकारको संयुक्त लगानीमा विसं २०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो । उक्त उद्योगले उत्पादन गरेको ‘गैँडा छाप’ ब्राण्डको सिमेन्ट नेपाली उपभोक्तामाझ लोकप्रिय छ ।

 

मा प्रकाशित