इजरायलबाट २५३ जना नेपाली लिएर काठमाडौंका लागि उड्यो जहाज

निकासखबर संवाददाता

नेपाल एयरलायन्सको जहाज इजरायलबाट २५३ जना नेपाली लिएर काठमाडौँको लागि उडेको छ । नेपाली समय अनुसार बिहिबार साँझ ५ बजेर १५ मिनेटमा उडेको जहाज राति १:३० बजे नेपाल आईपुग्ने छ ।

नेपाल एयरलायन्सका आरएनआर २२९ जहाज काठमाडौँबाट दुबई हुँदै इजरायल गएको थियो । दुबईबाट नेपाली समय अनुसार ११ बजे उडेको उक्त जहाज नेपाली समय अनुसार दिउँसो २ बजे इजरायलको बेन गुरियन विमानस्थलमा ल्याण्ड गरेको थियो ।

जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि छन्न । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको उद्दारको लागि परराष्ट्रमन्त्रीलाई संगै पठाउने निर्णय गरेको थियो ।

मा प्रकाशित