मंगलबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

निकासखबर संवाददाता

सरकारले असोज २३ गते मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले शोक मनाउने निर्णय गरेको जानकारी दिइन ।

त्यस्तै बैठकले इजरायलमा मृत्युभएका नेपालीका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाख रुपैयाँ दिने समेत निर्णय गरेको छ ।

मा प्रकाशित