तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम

निकासखबर संवाददाता

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा तीज बितेको एक सातापछि उपाध्यक्षको दबाबमा दर खाने कार्यक्रम भएको छ । गाउँपालिकाले विनियोजन गरेको रकमले असोज ६ गते दर खाने कार्यक्रम भएको हो ।

गाउँपालिकाले  महिला विशेष कार्यक्रम अन्तरगत हरेक वडामा रहेका आमा समूह सञ्जाल लक्षित गरेर २० हजार बजेट विनियोजन गरेको थियो । हरेक वडालाई २० हजार र गाउँपालिका केन्द्रमा पालिका स्तरीय कार्यक्रमका लागि २० हजार गरी २ लाख बजेट विनियोजन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लीला राज श्रेष्ठले बताए ।
गाउँपालिकामा रहेका ९ वटा वडा मध्य ८ वटामा र गाउँपालिका केन्द्रमा भदौ २९ गते सम्ममा तिज विशेष कार्यक्रम सञ्चालन भएका भए पनि वडा नं. ८ मा भने दर खाने कार्यक्रम भएको थिएन ।  विभिन्न कारणले रोकिएको उक्त कार्यक्रम तिज सकिएको एक हप्ता पछि अर्थात् असोज ६ गते सम्पन्न भएको थियो । तिज सकिएको एक हप्ता पछि महिला सञ्जालले तीजको दर खाएका भिडियो र तस्बिरहरू भने यति बेला सामाजिक सञ्जालमा विवादास्पद भई रहेका छन् । हरेक वडामा तीज अगावै दर कार्यक्रम राखिएको भए पनि वडा नंं. ८ मा असोज ६ गते भएको दर कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अस्मिता थापा लगायत वडाका महिला जनप्रतिनिधि र महिलाहरु छमछमी नाचेको देखिन्छ ।
यस विषयमा तीज कार्यक्रम तीज सकिएको एक हप्ता पछि किन भयो भनेर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बजेट विनियोजन भएको तर कुन वडामा कहिले के कार्यक्रम गरे भनेर केही थाहा नभएको बताए । उनले गाउँपालिका केन्द्रमा भने भदौको २९ गते तीज विशेष कार्यक्रम भएको र अरू आफूलाई केही थाहा नभएको बताए ।
यसै गरी वडा अध्यक्ष पुरुषोत्तम पौडेलले पनि यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले उपाध्यक्षको बचाउ गर्दै आमासमुह सञ्जालले तीज अघि नै दर कार्यक्रमका लागि सामान किनेको र तीज अगाडी वडामै एक जनाको मृत्यु भएका कारण तीज पछि कार्यक्रम राखिएको हुन सक्ने बताए । उपाध्यक्ष थापाको मोटाइलमा सम्पर्क गर्दा उनको मोटाइलमा भने सम्पर्क हुन सकेन ।
वडामा एक जनाको मृत्यु भए पनि संस्कार अनुसार क्रियापुत्री कोरामा नपसे सम्म कुनै छेकबार नहुने र तीज अघि नै उक्त कार्यक्रम गरौँ भन्दा तीज अघि नै कार्यक्रम हुन नसकेको र तीज पछाडि उक्त कार्यक्रम नगरौँ भन्दा उपाध्यक्ष अस्मिता थापाको दबाबमा तीज पछाडि कार्यक्रम गर्नु परेको प्रगतिशील स्वास्थ्य आमासमुह सञ्जालका एक पदाधिकारीको भनाइ छ ।
ल्याएको समान बिग्रिएको बिग्रियो तर अन्य समानहरू नबिग्रने भएका कारण सामानहरू गाउँकै पसलमा फिर्ता गारौं र गाउँपालिकाले दिएको २० हजार अन्य सामाजिक काममा लगानी गरौँ भन्दा पनि त्यो रकम वडामा महिलाहरूलाई तीजमा खानको लागि आएको हुँदा भेटघाट र दर खाने प्रयोजनमा नै खर्च गर्नुस् भनेका कारण पनि आफूहरू बाध्यतामा परेको आमासमुह सञ्जालका पदाधिकारीहरूको भनाइ रहेको छ ।

भिडीयाे पनि हेराैं

https://www.facebook.com/reel/335862315554057

मा प्रकाशित