चीनमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत

काठमाडौं, ६ असोज २०८० ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा ओर्लिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई चिनले विशेष महत्व दिंदै भव्य स्वागत गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले हाङ्झाउ विमानस्थलमा स्वागत गरे ।

संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर उनी सोझै अमेरिकाबाट सोझै हाङजाउमा पुगेका हुन् । उनी आजै १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

मा प्रकाशित