सरकार र शिक्षक बीचको वार्ता निष्कर्श बिहिन

काठमाडौं, ३ असोज २०८० ।

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता कुनै टुँगोमा पुग्न नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले दुई पक्षबीचको वार्तामा सकारात्मक छलफल भएको बताए । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाउने बताए । सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठन शुचारु हुने उनको भनाई छ ।

यता, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बैठकमा सामान्य छलफल भएको बताए । उनले आन्दोलन जारी रहने जानकारी दिए ।

मा प्रकाशित