संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ‘प्रचण्ड’को सम्बोधन

काठमाडौं, २ असोज २०८० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गरेका हुन् ।

नेपाली समयअनुसार सोमबार राति सम्बोधन गर्दै प्रचण्डले  दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन सहयोगको जरुरी रहेको बताए ।

मा प्रकाशित