मुख्य खबर

कांग्रेसका सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण
काठमाडौं, २० भदौ २०८० ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निस्कने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेको प्रहरीले जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने सापकोलाई खुकुरीसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी  जानकारी दिएको छ । टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका  सहमहामन्त्री तथा पूर्वमन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको छ ।

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीले लियो बयान
काठमाडौं, १९ भदौ २०८० ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले बयान लिएको छ । महाराजगञ्जस्थित ब्यूरोमा पुगेर पुनले बयान दिएको प्रहरी स्रोतले बताएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग पुनको समेत सम्पर्क भएको देखिएपछि सीआईबीले बयान लिएको हो ।राजश्व अनुसन्धान विभागले ३ साउनमा सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक सुकमा बरामद गरेको थियो । सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

अब ‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालनमा
काठमाडौं, १७ भदौ २०८० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको उद्घाटन गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम आरम्भ गरेका हुन् । समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाटसमेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन…

पेप्सीकोला दुर्घटनामा दुई जनाको मृत्यु (अपडेट)
काठमाडौ, १७ भदौ २०८० ।

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमा सवार सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा र मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको निधन भएको हो । आइतबार बिहान करिब ८ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको उपत्यका बस व्यवसाय सङ्घको बा३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो गाडी एकआपसमा ठोक्किएका थिए । दुई गाडी ठोक्किँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो । दुर्घटनामा स्कुटरमा रहेकी सशस्त्र प्रहरी…

बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते
काठमाडौ, १७ भदौ २०८० ।

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते सबैलाई वीर अस्पताल लगिएको प्रहरीले बताएको छ । पेप्सिकोलास्थित सडकमा गुडिरहेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना आज बिहान करिब ८ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।