बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते

काठमाडौ, १७ भदौ २०८० ।

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते सबैलाई वीर अस्पताल लगिएको प्रहरीले बताएको छ ।

पेप्सिकोलास्थित सडकमा गुडिरहेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना आज बिहान करिब ८ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित