काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमा सवार सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा र मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको निधन भएको हो ।
आइतबार बिहान करिब ८ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको उपत्यका बस व्यवसाय सङ्घको बा३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो गाडी एकआपसमा ठोक्किएका थिए । दुई गाडी ठोक्किँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटरमा रहेकी सशस्त्र प्रहरी जवान थापा र मोटरसाइकल चालक सर्लाहीका भट्टराईको मृत्यु भएको हो । उनीहरूको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा र ४ जनाको सिभिल अस्पतालमा उपचार उपचार भइरहेको छ।