सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीले लियो बयान

काठमाडौं, १९ भदौ २०८० ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले बयान लिएको छ । महाराजगञ्जस्थित ब्यूरोमा पुगेर पुनले बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग पुनको समेत सम्पर्क भएको देखिएपछि सीआईबीले बयान लिएको हो ।राजश्व अनुसन्धान विभागले ३ साउनमा सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक सुकमा बरामद गरेको थियो ।

सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

मा प्रकाशित