नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निस्कने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।
अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेको प्रहरीले जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने सापकोलाई खुकुरीसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी जानकारी दिएको छ ।
टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका सहमहामन्त्री तथा पूर्वमन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको छ ।