काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई तारेखमा छाड्ने आदेश दिएको छ । न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
अदालतको आदेशसंगै यस प्रकरणमा पक्राउ परेका सबै १८ जना नै रिहा हुने भएका छन् । धरौटी रकम जम्मा गर्नेको हकमा आइतवारबाटै प्रतिवादीहरू छुट्न सक्नेछन् भने माग बमोजिमको धरौटी नगद वा सो बराबरको जेथा वा बैंकजमानत नदिए फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८० बमोजिम थुनामा राख्नका लागि कारागार पठाइनेछ।
को – संग कति धरौटी :-
मिनबहादुर गुरुङ – २ करोड ४६ लाख
कलाधर देउजा – १५ लाख
विनोदप्रसाद पौडेल – १५ लाख
रुद्रकुमार श्रेष्ठ – ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ – ७ लाख ५० हजार
गोपल कार्की – ७ लाख ५० हजार
धमनकुमार कार्की – ७ लाख ५० हजार
योगराज पौडेल – ७ लाख ५० हजार
नारायणराज मिश्र – ७ लाख ५० हजार
अरुणकुमार श्रेष्ठ -७ लाख ५० हजार
लोकहरी घिमिरे – ७ लाख ५० हजार
शिवजी भट्टराई – ३ लाख ३० हजार
ध्रुवप्रसाद अर्याल – ३ लाख ३० हजार
बाबुराजा मर्हजन – १ लाख १० हजार
देवनारायण मर्हजन – १ लाख १० हजार
सकलानन्द मर्हजन – १ लाख १० हजार
संजय महर्जन – १ लाख १० हजार