प्रदेश खबर

घरमा आगलागी
निकासखबर संवाददाता

रौतहट, १३ फागुन । रौतहटको कटहरिया नगरपालिका–५ स्थित १ घरमा आगलागी भएको छ । मैनबत्तीबाट सल्किएर सुरु भएको आगलागीका रकाण घर पूर्ण रुपमा जलेको छ भने तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा सबै जलेर क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएका थिए । विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। मानवीय क्षति…

जापान नेपालको हितैषी मित्र: राष्ट्रपति पौडेल
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको हितैषी मित्र भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापान नेपालको हितैसी मित्र हुनुका साथै नेपालको दिगो विकासका लागि सहयात्री समेत भएको बताएका छन्। उनले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले उच्च मूल्यांकन गरेको बताए । ‘नेपालका राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमा समेत प्रगति भैरहेको भन्दै यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव आगामी दिनहरुमा पनि विगतमा जस्तै महत्त्वपूर्ण रहने बताए ।…

समाजवादी मोर्चाको संयोजक बने विप्लव
निकासखबर संवाददाता

काठमाडौं, ६ फागुन । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा आइतबार बसेको मोर्चाको बैठकले आलोपालो नेतृत्वको फर्मुला अनुसार विप्लवलाई संयोजक चयन गरेको हो । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल थिए । पूर्वसहमति अनुसार सो नेतृत्व विप्लवलाई दिइएको हो । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए ।…

महोत्तरीमा झडप, प्रहरीद्वारा ४ राउन्ड हवाई फायर
निकासखबर संवाददाता

महोत्तरी, ५ फागुन । महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप भएको छ । मेलाको कलश यात्राका क्रममा विवाद हुँदा दुई समूहबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् । ब्रह्मस्थान मन्दिरमा महावीर झन्डा मेलाको आज उद्घाटन गरिदैछ । मेलाको उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो । कलश यात्रा मस्जिद भएको स्थानबाट गएको र त्यहाँ जय श्रीरामको नारा लगाएपछि मुस्लिम समुदायले विरोध गर्दा…

कपिलवस्तु बस दुर्घटना : मृतक १० जना कै सनाखत
निकासखबर संवाददाता

काठमाडौं, ३ फागुन । कपिलवस्तुमा आज भएको बस दुर्घटनामा मृत्यु भएका १० जना कै सनाखत भएको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ पुरुष र ३ महिलासहित १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिएका छन् । मृतकहरु सबैको सनाखत भएको प्रहरीले जनाएको छ । मृतकहरुमा रौतहट औराही–३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कन्चनपुरका २४…