जापान नेपालको हितैषी मित्र: राष्ट्रपति पौडेल

निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको हितैषी मित्र भएको बताएका छन् ।

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापान नेपालको हितैसी मित्र हुनुका साथै नेपालको दिगो विकासका लागि सहयात्री समेत भएको बताएका छन्।

उनले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले उच्च मूल्यांकन गरेको बताए ।

‘नेपालका राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमा समेत प्रगति भैरहेको भन्दै यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव आगामी दिनहरुमा पनि विगतमा जस्तै महत्त्वपूर्ण रहने बताए । उनले नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रसहित आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए ।

मा प्रकाशित