प्रदेश खबर

चे ग्वेभाराकी छोरी एलिडा नेपाल आउँदै
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । विश्व चर्चित समाजवादी आन्दोलनका नेता चे ग्वेभारीकी छोरी एलिडा ग्वेभारा नेपाल आउँदैछिन् । उनी फागुन गते काठमाडौं आइपुग्ने जनाइएको छ । यही फागुन ३ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको ‘विश्व समाजवादी फोरम’मा सहभागी हुन एलिडा काठमाडौं आउन लागेकी हुन् । पुँजीवादीहरूको विश्व सम्मेलनको विकल्पमा विश्वभरका समाजवादीहरू काठमाडौंमा भेला हुँदैछन् । यो सम्मेलनमा विश्वभरबाट समाजवादी नेताहरू काठमाडौं आउँदैछन् । सोही कार्यक्रममा भाग लिन एलिडा पनि नेपाल आउने भएकी हुन् ।  

अभिभावक पढाउँदै रोङ गाउँपालिका
निकासखबर संवाददाता

इलाम, २७ माघ । रोङ गाउँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो’, अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।’ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुआत गरेको छ । शुक्रबारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुबासले बताए । ‘सुरुको दिन ११ विद्यालयका तीन सय १० अभिभावक कक्षामा सहभागी हुनुभएको छ, तीमध्ये सात सय १५ महिला…

मधेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसाद सिंह जसपा प्रवेश
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसादसिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । शनिबार सप्तरीको बोदेबरसाइन नगरपालिका– ५ मा आयोजित एक कार्यक्रमबीच यादव जसपा प्रवेश गरेका हुन् । कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले सिंहलाई माला र टीका लगाएर स्वागत गरेका छन् । यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद हुन् । पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।  

सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता
निकासखबर संवाददाता

काठमाडौँ,२७ माघ । सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । सम्झौता अनुसार दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले जानकारी दिए । उनका अनुसार नेपालमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिने छ । स्विट्जरल्यान्डसँगको सम्झौतासँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।

न्यायाधीश मरासेनीको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातबाट मृत्यु भएको छ । मंगलबार विहान ८ः३० मा हृदयघात भएपछि तत्काल उपचारका लागि अस्पताल पुराइएको भएपनि उनको अस्पतालमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनी कलंकीस्थित नेशनल अस्पतालमा मृत्यु भएको हो । ५६ वर्षीय मरासेनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए । विहान कुरा हुँदा अदालत आउने जनाएपछि मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।