प्रदेश खबर

धरहरामा निःशुल्क पार्किङ गर्न पाइने
निकासखबर संवाददाता

काठमाडौं, १३ माघ । काठमाडौँ महानगरपालिकाले धरहरामासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवाको व्यवस्था मिलाएको छ । न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि त्यसको विरोध पनि भइरहेको थियो । वैकल्पिक व्यवस्था नगरी पार्किङ हटाएको भन्दै विरोध भएको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भोलि अर्थात आइतबारदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको जानकारी दिएका छन् । यसअघि काठमाडाैं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको जनाइएको थियो । ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने उनको भनाइ छ । संरचनागत रुपमा, यो ठाउँ नेपालकै…

मणिपाल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ
कास्की, ९ असोज २०८० ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । असोज ७ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाँया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याको उपचारार्थ पोखरा–११ स्थित मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते डाक्टरद्वारा मृत घोषणा गरिएकोमा मृतकका आफन्तहरूले डाक्टरको लापरवाहीको कारण मृत्यु भएको भन्दै आन्दोलन गरेका थिए । मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलनका क्रममा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको घटनामा पोखरा–५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न…

१५ लाखभन्दा बढीको नक्कली नोटसहित २ जना पक्राउ
इटहरी, ५ असोज २०८० ।

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार ?पैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको उनले जानकारी दिए ।पक्राउ परेका दुई जनाले काठमाडौँबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । इटहरी बजारमा नक्कली…

मलंगवामा अनिश्चितकालीन कफ्र्यू
सर्लाही, ४ असोज २०८० ।

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कफ्र्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण लिन बिहीबार राति १० बजेदेखि लागू हुने गरी कफ्र्यू प्रहरीले जारी गरेको हो । आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०:०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३)  बमोजिम कफ्र्यू आदेश जारी गरिएको छ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको आदेशमा उल्लेख छ । सुचनामा पूर्वमा झिम नदी, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र, उत्तरमा प्रहरी पोस्ट र बाबा पेट्रोल पम्पसम्म कफ्र्यु आदेश जारी गरिएको छ । सो क्षेत्रभित्र कसैले आवतजावत…

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
उदयपुर, २७ भदौ २०८० ।

उदयपुरमा बुधबार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो १ः३० बजे बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरी चौकी भागलपुरतर्फ फर्किँदै थिए । सोही क्रममा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना ४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। तर उपचार…