मलंगवामा अनिश्चितकालीन कफ्र्यू

सर्लाही, ४ असोज २०८० ।

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कफ्र्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण लिन बिहीबार राति १० बजेदेखि लागू हुने गरी कफ्र्यू प्रहरीले जारी गरेको हो ।

आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०:०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३)  बमोजिम कफ्र्यू आदेश जारी गरिएको छ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको आदेशमा उल्लेख छ ।

सुचनामा पूर्वमा झिम नदी, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र, उत्तरमा प्रहरी पोस्ट र बाबा पेट्रोल पम्पसम्म कफ्र्यु आदेश जारी गरिएको छ । सो क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।

साथै कफ्र्यु आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही समेत गर्न सक्ने सूचनामा उल्लेख छ ।

मा प्रकाशित