प्रदेश खबर

कुकुरको टोकाइबाट घाईते महिलाको मृत्यु
निकासखबर संवाददाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त गाउँमा त्रास फैलिएको छ । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७र८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए । एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०र२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको…

गाईघाटमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन
निकासखबर संवाददाता

उदयपुर । उदयपुरको सदरमुकाममा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् । प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राख्दै अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु सयौंका संख्यामा रहका छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन अहिले पनि जारी राखेका छन । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका थिए । पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)…

दुरुपयोग भइरहेको एम्बुलेन्स प्रहरीले लियो नियन्त्रणमा
निकासखबर संवाददाता

खोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । भारतीय भूतपूर्व सैनिक संघको नाममा रहेको सो एम्बुलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार भाडामा चलाउँदै आएका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकीले राईलाई मंगलबार एम्बुलेन्स सहित नियन्त्रणमा लिएको हो । यस बारेमा थप अनुसन्धान…

उपत्यकामा जोरबिजोर : यी सवारीलाई लागू हुँदैन (सूचनासहित)
निकासखबर संवाददाता

काठमाडौं, ८ माघ । शुक्रबार (७ माघ) राति बाह्र बजेदेखि अर्को सूचना नभएसम्मका लागि काठमाडौंं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यीमध्ये कतिपय अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर–बिजोर लागू नहुने काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा अन्यौल देखिएपछि दुई जिल्ल प्रशासनले शुक्रबार फेरि विज्ञप्ति निकालेर थप स्पष्ट पारेका हुन् । पछिल्ले सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोर–बिजोर प्रणाली लागू नहुने भएको छ । यसैगरी खाद्यान्न, दूग्धजन्य…

माघ १ काे संक्रमणदर ३२ प्रतिशत : १४५५६ को परीक्षण, ४६३६ मा कोरोना !
निकासखबर संवाददाता

काठमाडौं, १ माघ । अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो । हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको २४।७४२ प्रतिशत थियो । तर, पछिल्लो २४ घन्टामै संक्रमणदर ७ प्रतिशत बढेको छ । पछिल्लो २४ घन्टामा पीसीआर परीक्षणबाट ३ हजार ७ सय ३ र एन्टिजेन परीक्षणबाट ९ सय ३३ जनामा…