सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता

निकासखबर संवाददाता

काठमाडौँ,२७ माघ । सातामा २८ उडान हुने गरी नेपाल र स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । सम्झौता अनुसार दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले जानकारी दिए ।

उनका अनुसार नेपालमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिने छ ।

स्विट्जरल्यान्डसँगको सम्झौतासँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।

मा प्रकाशित