प्रदेश खबर

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त
निकासखबर संवाददाता

कास्की, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई दुई जना मन्त्री हटाएको पत्र पठाएका थिए । मन्त्रिपरिषद् हेरफेर भएको पत्र आएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रमिला गौतमले जानकारी दिइन्। माओवादी, नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । अहिले केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी…

सरकारमा जान जनमतले अघि सार्‍यो मुख्यमन्त्रीको शर्त
निकासखबर संवाददाता

काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले आफ्नो शर्त राखेको छ । जनमतले मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेका थिए । सो लगत्तै जनमत पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय पाउनुपर्ने र मधेश प्रदेशको मुख्यमन्त्री पनि पाउनेपर्ने अडान लिएको छ ।  

सशस्त्र प्रहरी बलका डीएसपी मृत फेला
निकासखबर संवाददाता

विराटनगर, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत फेला परेका छन् । धनपालथान गाउँपालिका–३ मा उनी मृत फेला परेका हुन् । उनी समेही गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख थिए । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।  

बाल विवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै जन्ममिति अनिवार्य
निकासखबर संवाददाता

रुकुमपश्चिम, २० फागुन । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ३ ले बाल विवाह न्यूनीकरणका लागि सक्रियता देखाएको छ । वडा विवाहका लागि निमन्त्रण कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ। आठबिसकोट– ३ का वडाध्यक्ष केशरमान विकले बाल विवाह न्युनिकरणका लागि यो प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले वडामा बाल विवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने÷नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागु गरेको उनले बताए । वडामा यस वर्ष १० जोडीले बाल विवाह गरेको तथ्यांक रहेको…

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट सुरु
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । चैत ७ गतेसम्म सन्चालन हुने सो खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइनेछ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियान तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप…