बाल विवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै जन्ममिति अनिवार्य

निकासखबर संवाददाता

रुकुमपश्चिम, २० फागुन । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ३ ले बाल विवाह न्यूनीकरणका लागि सक्रियता देखाएको छ । वडा विवाहका लागि निमन्त्रण कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ।

आठबिसकोट– ३ का वडाध्यक्ष केशरमान विकले बाल विवाह न्युनिकरणका लागि यो प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनले वडामा बाल विवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने÷नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागु गरेको उनले बताए ।

वडामा यस वर्ष १० जोडीले बाल विवाह गरेको तथ्यांक रहेको छ। यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ । सामाजिक तथा आर्थिक रूपमा पनि बाल विवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बाल विवाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकले बताए ।

 

मा प्रकाशित