प्रदेश खबर

मेचीनगरको प्लाइउड उद्योगमा आगलागी
निकासखबर संवाददाता

विराटनगर, २८ फागुन । नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योगमा आगलागी भएको छ । झापाको मेचीनगर नगरपालिका– १५ ज्यामिरगढीमा अवस्थित भगवती लेमिनेट्स प्रा.लि.मा आज विहानखदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

इटहरी दुर्घटनामा काका भतिजको मृत्यु
निकासखबर संवाददाता

सुनसरी,२६ फागुन । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार मोटरसाइकललाई ट्रककले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र उनका भतिज आठ वर्षीय अभि दाहाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे…

धादिङ बस दुर्घटना: सात जनाको मृत्यु, ३० जना घाइते
निकासखबर संवाददाता

धादिङ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा आज भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित दुर्घटना भएको हो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस सडकबाट त्रिशूली नदीमा खसेको थियो । मृतकको सनाखत हुन बाँकी छ । त्यस्तै घटनामा अन्य ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमडौं पठाइएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस
निकासखबर संवाददाता

सुर्खेत, २२ फागुन । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् । अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त
निकासखबर संवाददाता

धनगढी, २२ फागुन । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि प्रदेशमा पनि त्यसको प्रत्यक्ष असर देखिएका छन् । प्रदेशमा माओवादीबाट मन्त्री बनेकाहरुलाई भटाभट बर्खास्त गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट…