प्रदेश खबर

अनेरास्ववियुकी नेता रक्षा बम पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, १४ चैत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभको कसुरमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको हो । बुधबार बालाजु क्षेत्रबाट पक्राउ परेकी हुन् । उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ‘आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको र हाल महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

एमाले कास्कीमा खगराज समूहको प्यानल निर्वाचित
निकासखबर संवाददाता

कास्की, १४ चैत । नेकपा एमाले जिल्ला कमिटी कास्कीमा आज सकिएको पार्टीको ११ औ अधिवेशनमा अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् । उनले निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन् । क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे । उपाध्यक्षमा भेषराज बराल (५२७), सचिवमा दर्शन लामा९५९७०, उपसचिवमा लालबहादुर परियार ९५८१० र सन्तु सुवेदी ९५१००विजयी भएका छन् । पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र…

बागलुङको निसीखोला बस दुर्घटना : सातको मृत्यु, २० जना घाइते
निकासखबर संवाददाता

बागलुङ, ५ चैत । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । अन्य २० जना घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उदयपुर जीप दुर्घटना : ८ जनाको मृत्यु
निकासखबर संवाददाता

काठमडौं, १ चैत । धरानबाट भोजपुर घोरेटारका लागि हिँडेको यात्रुवाहक जिप दुर्घटना हुँदा मृत्यु आठ जनाको मृत्यु भएको छ । घटनास्थलमा सातजना र अर्का एकको धरान स्थित धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३…

कान्तिपथ चैत १ देखि डेढ महिना बन्द हुने
निकासखबर संवाददाता

ललितपुर, २८ फागुन । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्तिपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिपथ बन्द लागिएको हो । ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । सो अवधिमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई भने सञ्चालन गर्न दिइने भएको छ । विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौंलाई हेटौंडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै…