प्रदेश खबर

धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
निकासखबर संवाददाता

जनकपुरधाम, ३० चैत । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशाबाटै गइरहेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । बिहीबार अपराह्न भएको घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको साँझ ७ बजे मृत्यु भएको धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको अनुसार यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय…

हावाहुरीले हवाई उडान प्रभावित
निकासखबर संवाददाता

काठमाडौँ, २९ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान नै प्रभावित बनेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भए भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका थिए । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ। काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ।  

अब पालो पूर्वको : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

विराटनगर, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताए । उनले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने भन्दै मुलुकको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट निर्माण गरिने बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै सरकारका कार्यबाट जनतामा सकारात्मक आशा जागेको समेत उल्लेख गरे । अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक…

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक : ४० हजारले परिक्षा दिँदा ६ हजार मात्रै उत्तीर्ण
निकासखबर संवाददाता

काठमाडौं, २८ चैत । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलकतर्फका लागि लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा उत्पादनमुलकतर्फ पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येमा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा पास भएकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ। उत्तीर्ण परीक्षार्थीलाई राहदानी…

कर्णालीका मुख्यमन्त्रीले लिए शपथ
निकासखबर संवाददाता

काठमाडौँ, २८ चैत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् । एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकीकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।