प्रदेश खबर

बाइसधारामा बैशाख ११ गतेदेखि ल्हुति पुन्हि मेला सुरु
निकासखबर संवाददाता

काठमाडौँ, ५ बैशाख । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । चैत्र शुक्ल पूर्णिमादेखि पाँच दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यसअघि बालाजु उद्यान कार्यालयले मेलाको व्यवस्थापन गर्दै आएको भएपनि यस वर्षबाट मेलालाई अझ भव्य र सभ्य बनाउने उद्देश्यले मेला व्यवस्थापन समिति नै गठन गरिएको समितिका सह–संयोजक प्रकाश बलामीले जानकारी दिए । विगतका दिनहरुमा उद्यान कार्यांलयले मेला व्यवस्थापनको जिम्मा लिँदा कर्तव्य पूरा गर्ने काम मात्रै भएको र आफूहरु स्वयम् सेवक बनि ती कुराहरुलाई नजिकबाट…

मधेस सरकारबाट बाहिरियो लोसपा
निकासखबर संवाददाता

काठमाडौं, ४ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश सरकारबाट बाहिरिएको छ । लोसपाका तर्फबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएसँगै लोसपाले सरकार छाडेको हो । मधेश प्रदेशमा लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत छ ।  

सट्टेवाजीबाट ६० करोडको कारोबार गर्ने तीन जना पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, २ बैशाख । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएर साढे ५७ करोड रुपैयाँ कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा १० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । उनीको साथबाट २१ वटा मोबाइल बरामद भएको छ । यस्तै, ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको देखिएको छ ।

जिब्रो छेड्ने जात्रा मनाइयो
निकासखबर संवाददाता

भक्तापुर, २ बैशाख । हरेक वर्ष वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएको छ । हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भरिएका थिए । २८ वर्षीय सुजन वाग श्रेष्ठको जिब्रो छेडेर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गरेका छन् । एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा सुजनको जिब्रो छेडिएको थियो । जात्रामा मानिसहरुको भीड लागेको थियो । जिब्रो छेडेपछि सुजनलाई बोडेबासीले जयजयकार गरेका थिए । दोस्रो पटक जिब्रो छेडेका सुजनले चन्द्राँकारको भ्वाय् अर्थात महाद्वीप बोकेर हिँडेका सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न…

करोडौँ पर्ने बुद्धचित्तको बोट अज्ञात समूहद्वारा काटियो
निकासखबर संवाददाता

काभ्रे, ३० चैत । काभ्रेको रोशी–५ नागबेलीमा रहेको एक व्यक्तिको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम समेत फेला परेको काभ्रे प्रहरीले जनाएको छ । स्थानीय ठकुरानी तामाङको घरअगाडि सो बम फेला परेको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । बुद्धचित्त मालाको बोट १५/२० जनाको अपरिचित समूह आई काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको…