घरमा आगलागी

निकासखबर संवाददाता

रौतहट, १३ फागुन । रौतहटको कटहरिया नगरपालिका–५ स्थित १ घरमा आगलागी भएको छ । मैनबत्तीबाट सल्किएर सुरु भएको आगलागीका रकाण घर पूर्ण रुपमा जलेको छ भने तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा सबै जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएका थिए । विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। मानवीय क्षति भने हुनबाट जोखिएको छ ।

मा प्रकाशित