वर्षाका कारण नेपाल र कुवेतबीचको खेल प्रभावित
आर्थिक परिवेश संवाददाता

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण फेरि अवरुद्ध भएको छ। कीर्तिपुर मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको हो । खेलमा कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकिएको हो । कुवेतविरूद्ध नेपालका करण केसी एक्लैले पाँच विकेट लिइसकेका छन् । एक विकेट सोमपाल कामीले लिएका हुन् । यसअघि पनि खेल वर्षाका कारण प्रभावित बनेको थियो । प्रभावित हुँदा ५० ओभरको खेललाई ४२ ओभरमा झारेको थियो । यस्तै २८२ रनको लक्ष्यलाई पनि डिएलएस मेथडबाट २८१ रनको लक्ष्य बनाएको हो ।

कोइरीको विवाद नटुंग्याई सकियो संसद् अधिवेशन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन शुक्रवार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।​ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए। चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो । जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान हुनेछ। आज प्रतिनिधिसभामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई स्वीकृत गर्ने विषयमा आज संसद् बैठकमा विवाद भएको थियो। सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित भएको र विरामी भई…

प्रा.डा. जयराज आचार्य र चेतनाथ धमला युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुँदै
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा. जयराज आचार्य र “युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार” चेतनाथ धमलालाई प्रदान गरिने भएकाे छ । नेपाली साहित्यका अमर स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी देशको विद्यमान विकृति,विसङ्गति र बेथितिलाई चिर्दै नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार- २०८०’  प्रा.डा. आचार्यलाई प्रदान गर्ने भएकाे हाे । यसै गरी  “युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार-२०८०” बाट लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका चेतनाथ धमलालाई प्रदान गरीनेभएकाे छ  । युगकविले युवा अवस्थामा प्रारम्भ गरेको पत्रकारितालाई स्मरण गरी प्रतिष्ठानले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । युगकवि श्रेष्ठ निरङ्कुश…

सभामुखलाई रामहरिकाे प्रश्न अदालतले थुनामा राख्न भनेको व्यक्ति सांसदबाट किन निलम्बित भएनन् ?
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई निलम्बन नगर्नुको कारणबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद खतिवडाले कोइरी निरन्तर प्रतिनिधिसभाका १० वटा बैठकहरुमा अनुपस्थित हुँदा पनि संसदीय समितिमा समेत राखिएको भन्दै विरोध गरेका हुन् । उनले प्रहरीले थुनामा राख्नुपर्ने व्यक्तिलाई सभामुखले सांसदबाट निलम्बन नगराएर जोगाएर राख्नुको कारणबारे माग गरेका छन् । ‘लक्ष्मी महत्तो कोइरीका बारेमा मैले पटक–पटक कुरा उठाएको छु । अहिले पनि नेपाल प्रहरीले चिठी लेखेर उच्च अदालत जनकपुरको आदेशअनुसार उहाँ थुनामा बस्नुपर्ने भनेको छ । तर संसद् सचिवालयले उहाँलाई निलम्बित गरेको छैन,’ सांसद खतिवडाले भने, ‘सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्षतर्फ लक्षित नभईकन…

इलाममा एमाले अध्यक्ष ओलीलाई कालाे झण्डा !
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  कोशी प्रदेशमा पैदेशको नामाकरणको विरोधमा प्रदर्शन गर्दै आएकालाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सोही क्रममा  इलाममा कालो झण्डा देखाउने नौ जना पक्राउ परेका छन् । इलाममा आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सदरमुकाम पुगेपछि उनलाई लक्षित गर्दै कालो झण्डा देखाउन खोजिएको थियो । त्यसैगरी इलाम निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद राम रानालाई कोशी प्रदेश नामाकरणको विरोधीहरुले कालो झण्डा ओढाउन खोजेका थिए ।  दिउँसो कार्यक्रमस्थल सिटी हल जाँदै गरेको अवस्थामा प्रदेशसभा सदस्यलाई कालो झण्डा ओढाउन खोजिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरी दमनका…