काठमाडौं । कोशी प्रदेशमा पैदेशको नामाकरणको विरोधमा प्रदर्शन गर्दै आएकालाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सोही क्रममा इलाममा कालो झण्डा देखाउने नौ जना पक्राउ परेका छन् ।
इलाममा आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सदरमुकाम पुगेपछि उनलाई लक्षित गर्दै कालो झण्डा देखाउन खोजिएको थियो ।
त्यसैगरी इलाम निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद राम रानालाई कोशी प्रदेश नामाकरणको विरोधीहरुले कालो झण्डा ओढाउन खोजेका थिए । दिउँसो कार्यक्रमस्थल सिटी हल जाँदै गरेको अवस्थामा प्रदेशसभा सदस्यलाई कालो झण्डा ओढाउन खोजिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरी दमनका वाबजुद पनि रानामगरलाइ कालाे झण्डा ओढाउन सफल भएकाे पहिचानवादीहरूले बताएका छन् ।
झापाको बुद्धशान्तिको कार्यक्रम सकेर हिजै इलामको कन्याम पुगेर बसेका एमाले अध्यक्ष ओली सदरमुकाम नजिकैको ग्रीन भ्यू होटलमा खाना खाना पुगेका थिए ।
ओली बसेको होटलसँगै कार्यक्रम स्थलमासमेत सुरक्षा व्यवस्था कडा बनाइएको छ ।