पद र प्रतिष्ठा नै समग्र माओवादी आन्दोलनको लागि घातक भयाेः सुर्यमान दोङ
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुर्यमान दोङले पछिल्लो चरण माओवादी भित्र मैले पद पाए पार्टी बन्छ,नपाए बन्दैन भन्ने दृष्टिकोण विकास हुदै गएकाले यो समग्र माओवादी आन्दोलनको लागि घातक रहेको बताएका छन् । काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिकाको पार्टीको सहायक संगठन वाइसीएल नेपालको नगर भेला तथा मजदुर दिवस कार्यक्रममा पछिल्लो चरण माओवादी भित्र व्यक्तिवादले व्यापक बर्चस्व जमाएको बताएका छन् । उनले भने जनयुद्धको बेला पद मुख्य कुरा थिएन काम मुख्य थियो तर आज कुनै पनि पदमा आफु नहुने बित्तिकै नेतृत्व र पार्टी खतम भयो भनेर आलोचना गर्दै हिड्ने…

नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सवमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन
आर्थिक परिवेश संवाददाता

विराटनगर । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा नोबेलको न्यूरो सर्जरी बिभागका प्रमुख बरिष्ठ…

नेपाल प्रज्ञा प्रतिष्ठानकाे पाँच बुँदे रारा घोषणापत्र जारी
आर्थिक परिवेश संवाददाता

मुगु  ।  नेपाल प्रज्ञा प्रतिष्ठानले पाँच बुँदे रारा घोषणापत्र जारी गरेकाे छ ।  रैथाने संस्कृति र  प्राकृतिक सौन्दर्यको  अध्ययन तथा अवलोकन गर्ने उद्धेश्यले रारा ताल पुगेको नेपाल प्रज्ञा- प्रतिष्ठान,प्राज्ञ परिषद्काे बैठकले पाँचबुँदे रारा घाेषणा पत्र जारी गरेकाे हाे । “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान ” भन्ने मूल नाराका साथ रारा तालको किनारामा  नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्को बैठकले रारा घाेषणापत्र जारी गर्दै परिसद्ले ” ५ बुँदे रारा घोषणापत्र “नेपाल प्रज्ञा-प्रतिष्ठानको उच्च  प्राज्ञिक खोज -अनुसन्धानकालागि एक कोसेढुङ्गा साबित हुने बताइएकाे छ । कुलपति भूपाल राईको अध्यक्षतामा रारामा प्राज्ञ परिषद्को ऐतिहासिक बैठक  सम्पन्न भएकाे हाे ।  बैठकले मङ्गलवार निम्न अनुसार ५ बुँदे  रारा  घोषणापत्र-२०८०साल,बैशाख १८ ,जारी…

दुइछाक जुटाउनमा मै व्यस्त गरिखाने वास्तविक श्रमिकहरु
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सोमबार मध्याह्न १२ बजे राजधानीमा मुसलधारे वर्षा भैरहेको । वीर अस्पतालबाट महाबौद्धतर्फ जाँदै गर्दा नजिकै रहेको चैत्य मन्दिरमा एक वृद्ध काँधमा नाम्लो बोकेर निधारमा हातको पाली लगाई पानी छेक्दै केही नियालिरहेका थिए । कुममा फाटेको रातो धर्के सट, फाटेको खैरो रंगको टोपी लगाएका उनी विरक्तिएर मन्दिरको भित्तामा अडेस लगाएर बसेका थिए । उनी थिए काठमाडौंमा भारी बोकेर जीवन निर्वाह गर्दै आएका एक जना भरिया । नाम बताउन नचाहने ती भरिया दोलखाका हुन् । उनी हरेक दिन झैँ आज पनि पिठ्युँमा भारी बोकरे हिँडिरहेका छन् । सन्दर्भ: अन्तर्राष्ट्रिय श्रमिक दिवस आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस । विश्वका…

सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरेः प्रधानमन्त्री
आर्थिक परिवेश संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौंँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन भएपछि मजदुर र आम जनताको हितमा केही महत्वपूर्ण काम तथा निर्णय भएको उल्लेख गरे । वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको जानकारी दिँदै त्यसबाट लाखाैं नेपाली नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । राहदानी लिनैका लागि…