बजेटमाथि पूर्वअर्थमन्त्री विष्णु पौडेलका ७ टिप्पणी [पूर्णपाठ]
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन गर्ने तथा स्रोत सुनिश्चित गर्नतिर बजेट अग्रसर हुनुपर्नेमा नाम परिवर्तनमा लागेको उनको भनाइ थियो । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले यसअघिको सरकारले ल्याएका आयोजनाहरूलाई बेवास्ता गरिएको बताएका हुन् । सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइका क्षेत्रमा बजेट घटाइएको र त्यसले आम नेपालीको जीवनस्तर र मानव विकास सूचकांकमा गम्भीर नकारात्मक असर पार्ने पौडेलको भनाइ छ । बजेटमा कुनै पनि…

अमेरिकी नागरिक भएकाे भन्दै खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्व मुद्दा
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पामाथि अनागरिकको आरोपसहित उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा मुद्दा दायर भएको छ । गत स्थानीय निर्वाचनमा शेर्पासँग प्रतिस्पर्धा गर्दा आफू उपविजेता भएका  भुपेन्द्र बहादुर बस्नेतले सो पदमा आफूलाई पदस्थापन गर्न माग गर्दै मुद्वा दर्ता गरेका हुन् । अमेरिकाको नागरिकता कायम रहेकै अवस्थामा नेपाली नागरिक हुन नसक्ने कानूनी व्यवस्थाको उल्लंघन गर्दै पुरानो नेपाली नागरिकता प्रयोग गरेर जनप्रतिनिधि भएको भनी शेर्पाविरुद्द उनले गत मंगलबार मुद्दा दर्ता गराएका हुन् । शेर्पा नेपाली नागरिक नभएकाले जनप्रतिनिधिको रूपमा काम गर्न अयोग्य रहेकोे रिट निवेदकको दाबी छ । ‘शेर्पाले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएर अमेरिकामा बसोबास गेरेकोमा…

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
आर्थिक परिवेश संवाददाता

मुगु । माछा मार्न खोलामा करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए । अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल…

‘महिनावारी’
आर्थिक परिवेश संवाददाता

प्रिय पुरुष, कत्तिको याद गरेकाछौ ? प्रत्येक महिनाको २/३ दिन छेवैको आसनमा बस्दा मैले आँखा बन्द गरेर, मुठ्ठी दह्रो बनाएको ? इसारा बुझेउ कि बुझेनौ ? ‘तातोपानी खान मन लाग्यो’ भनेको ? हुन त तिमीलाई फुर्सद नै काहाँ होला र ? मेरो पिडा सुन्ने, कोही मजस्तै नारीलाई फेसबुकमा गफ दिदै हुन्छौ मिलेसम्म, होटलको कोठामा पुर्याउन पछि पर्दैनौ त्यती नसके प्रेमको नाटक गरी सामाजिक सञ्जालमै नङ्ग्याउछौ अनि एउटी नारी आफ्नो ब्याग कसैलाई छुन दिन्न बदलामा तिमी कारण खोजी रहन्छौ जवाफ स्वरुप थोरै झर्किन्छे वा मन्द हाँसो हाँसिदिन्छे किनकि यो हाम्रो बाध्यता हो ब्यागमा बोकेको प्याड देख्दा तिमीले फिस्स हासेको हेर्नु छैन…

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छः सांसद शर्मा
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् । क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर विश्वबजारमा पठाई बार्षिक खरबौं पैसा देशमा भित्र्याइरहेको उदाहरण दिदैं सांसद शर्माले नेपालले पनि यसबाट पाठ सिक्नुपर्ने तर्क गरे । नेपाल भन्दा ७५ प्रतिशत कम जनसंख्या भएको देश क्यूवाले ५० हजार डाक्टर उत्पादन गरेर अमेरिका, क्यानडा, यूके, फ्रान्स लगायत देशमा पठाई बार्षिक १४ खर्ब पैसा देशमा भित्र्याइरहेको तथ्यांक सांसद शर्माले…