पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप र बादलका छोरालाई खोज्दै प्रहरी
आर्थिक परिवेश संवाददाता

काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप रायमाझी र पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । बुधबार अदालतले रायमाझीसहित उनका छोरा र बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरुले खोजी गरिरहेको छ । यस प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन् ।

राष्ट्रपति पौडेलद्वारा ‘मिटरब्याजसम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश जारी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि भनिएको अध्यादेश जारी भएको छ ।  बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते
आर्थिक परिवेश संवाददाता

धनगढी। कञ्चनपुरमा रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते भएका छन् । बिग्रिएर सडकमा रोकेकाे बसलाई वीङगरले पछाडिबाट ठक्कर दिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको  से १ ख ११९४ नम्बरको बससँग से १ ज ९५४ नम्बर गाडी ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था मध्‍यम छ भने ६ जना समान्य छन् । उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।  

रक्षक नै भक्षक बन्दै, प्रहरी हवल्दारद्वारा नाबालिक बलात्कार प्रयास
आर्थिक परिवेश संवाददाता

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । नाबालिकलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी हवल्दार विरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत रहेका थिए । बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर विदामा आएका थिए । आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिका सुतेको घरमा जर्बजस्ती प्रवेश गरेका हुन । ती नाबालिका कराएपछि घरका…

३२ लाख रुपैयाँ मूल्यको अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर प्राधिकरणलाई हस्तान्तरण
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको हाे। करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गरेका थिए । जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री…