रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते

निकासखबर संवाददाता

धनगढी। कञ्चनपुरमा रोकिएको बससँग विङ्गर ठोक्किदा १३ जना घाइते भएका छन् । बिग्रिएर सडकमा रोकेकाे बसलाई वीङगरले पछाडिबाट ठक्कर दिएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका-२ मछेली पुल नजिकै सडक छेउमा रोकिएको  से १ ख ११९४ नम्बरको बससँग से १ ज ९५४ नम्बर गाडी ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था मध्‍यम छ भने ६ जना समान्य छन् । उनीहरूको स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको छ ।

 

मा प्रकाशित