दुवै हात बाँधेको अवस्थामा एक पुरुषको शव फेला
आर्थिक परिवेश संवाददाताधादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ उइदुङका २५ वर्षीय सुमन भनिने छिरिङ तामाङको शव जंगलमा हात बाँधिएको अवस्थामा मंगलबार भेटिएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर ३ लचेतको जंगलमा हातमा बाँधेर झुण्डिएको अवस्थामा शव भेटिएको हो । दुबै हात डोरीले बाँधेर रुखमा झुण्डाइएको अवस्थामा फेला परेको खनियाबास गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रताप बहादुर तामाङले जानकारी दिए । जंगलमा माहुरी खोज्न जाँदा गंगाजमुना गाउँपालिकास्थित रिगाउँका एकजनाले झुण्डिएको अवस्थामा देखेर गाउँलेलाई खबर गरेपछि हेर्न जाँदा २५ वर्षिय सुमनको शव कुहिएको अवस्थामा फेला परेको वडा सदस्य तामाङले जानकारी दिए। गत माघ दोस्रो सातादेखि गाउँघरमा उनी देखिएका थिएनन् ।…
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
आर्थिक परिवेश संवाददातामकवानपुर । मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२०२० प ४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँंडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै…
बिचार मिल्ने सबैसँग समाजवादी मोर्चा बनाउने छलफल चलीरहेकाे छः विप्लव
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा बनाउने विषयमा सकारात्मक वातावरण बन्दै गएको बताएका छन् । विचार मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा छलफल चलिरहेको उनकाे भनाइ छ । माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायतका शक्तिसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल चलिरहेको विप्लवले बताए । ‘विचार मिल्ने पार्टीहरुबीच मोर्चा बनाउने छलफल चलेको छ । मोर्चा बनाउने कुरा राम्रो हो । प्रचण्ड कमरेड एक ठाउँमा हुनुहुन्छ । बाबुरामजी एक ठाउँमा हुनुहुन्छ कुनै समय कम्युनिस्ट विचार नै छोडे भन्नुभयो । माधव जी उपेन्द्रजीहरु अर्को ठाउँमा हुनुहुन्छ’ विप्लवले भने, ‘सबै पार्टीसँग छलफल चलिरहेको छ । मोर्चाको…
रविलाई प्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलाीकाे प्रस्ताव
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को लागि प्रसंताव गरेका छन् । सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागे सँगै एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलसँग नयाँ गठबन्धन गरेपछि…
ब्याजदर घटाउन चेम्बर अफ कमर्स र उद्योग वाणिज्य महासंघले संयुक्त पहल गर्ने
आर्थिक परिवेश संवाददाताकाठमाडौं । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्धामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ सहित कार्यसमितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो । मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । चेम्बर र महासंघबीचको सम्वन्ध स्थापना कालदेखि नै नङ र मासुको जस्तो भएको स्मरण गराउँदै अध्यक्ष मल्लले आगामी दिनमा पनि आर्थिक एजेण्डामा…

