हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै
आर्थिक परिवेश संवाददाता

सङ्खुवासभा । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उनको भनाइ छ । दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
आर्थिक परिवेश संवाददाता

 काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।  संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । घटनास्थलमा प्रहरीको टोली पठाइएको र प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको कार्कीको भनाइ छ ।

कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
आर्थिक परिवेश संवाददाता

२०५औं मार्क्स जयन्ती दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा  नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेइनरिख मार्क्स एक वकिल थिए।उनी दार्शनिक कान्ट र भोल्टेयरप्रति समर्पित थिए।उनले प्रशियाको संविधानको लागि भएको आन्दोलनमा भाग पनि लिएका थिए।उनकी आमा हेनरिटा प्रिजबर्ग घरेलु कामदार थिइन्। १८२४ मा  मार्क्सको परिवार यहूदी धर्मबाट ईसाई धर्ममा परिवर्तन भयो।यसपछि यहूदी धर्मको बारेमा मार्क्सको धारणा जीवनभर विपरीत रह्यो।मार्क्स…

प्रहरीका पछाडि सतिसालझैँ उभिए गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
आर्थिक परिवेश संवाददाता

काठमाडौं ।  कुनै बेला प्रहरी महानिरीक्षकको काँधमा फुली लगाइदिएका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गर्नु प्रहरीका लागि त्यति सजिलो विषय थिएन । संसद्को दोस्रो ठूलो दलका सचिव एवं बहालवाला सांसद टोपबहादुर रायमाझीलगायत पहुँचवाला व्यक्तिका विरुद्ध पक्राउ पुर्जीको अनुमति माग्दै अदालत पुग्नु पनि प्रहरीका लागि उत्तिकै चुनौतीको विषय थियो । तर, प्रहरीले बुधवार एकपछि अर्को भीआईपीलाई पक्राउ र्गयो, पक्राउ पुर्जी लियो । यो काममा सघाउन प्रहरीका पछाडि सतिसालझैँ उभिएका थिए गृहमन्त्री– नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ । पार्टीको प्रभावशाली पदाधिकारी एवं बहालवाला सांसद र सरकारको बहालवाला सचिव पक्राउ गर्नुअघि प्रहरीले गृहमन्त्री श्रेष्ठलाई संकेत गर्यो ।  ठूला व्यक्तिलाई पक्राउ गर्नुअघि प्रहरीले गृहमन्त्रीसँग…

खानेपानी र बिजुलीमै मधेश सरकारको २१ करोड बढी खर्च
आर्थिक परिवेश संवाददाता

जनकपुरधाम । मधेश प्रदेश सरकारले खानेपानी र बिजुलीबत्तीमै चार वर्षमा २१ करोड बढी रकम खर्च गरेको छ । महालेखा परीक्षकको ६०औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५–७६ देखि २०७८–७९ सम्म मुख्यमन्त्री कार्यालयदेखि दश मन्त्रालयको खानेपानी तथा बिजुलीमा ४ वर्षमा २१ करोड ४१ लाख ८८ हजार २६७ रुपैयाँ खर्च भएको हो । आर्थिक वर्ष २०७८–७९ मात्रै खानेपानी र बिजुलीमा ९ करोड ३१ लाख २१ हजार ४६७ रुपैयाँ भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५–७६ मा १ करोड ८९ लाख २० हजार २५१, ०७६–७७ मा ५ करोड ५५ लाख ६९ हजार ८९०, ०७७–७८ मा ४ करोड ६५ लाख ७६…