बिचार मिल्ने सबैसँग समाजवादी मोर्चा बनाउने छलफल चलीरहेकाे छः विप्लव

निकासखबर संवाददाता

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा बनाउने विषयमा  सकारात्मक वातावरण बन्दै गएको बताएका छन् । विचार मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा छलफल चलिरहेको उनकाे भनाइ छ ।

माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायतका शक्तिसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल चलिरहेको विप्लवले बताए ।  ‘विचार मिल्ने पार्टीहरुबीच मोर्चा बनाउने छलफल चलेको छ । मोर्चा बनाउने कुरा राम्रो हो । प्रचण्ड कमरेड एक ठाउँमा हुनुहुन्छ । बाबुरामजी एक ठाउँमा हुनुहुन्छ कुनै समय कम्युनिस्ट विचार नै छोडे भन्नुभयो । माधव जी उपेन्द्रजीहरु अर्को ठाउँमा हुनुहुन्छ’ विप्लवले भने, ‘सबै पार्टीसँग छलफल चलिरहेको छ । मोर्चाको महत्त्व के हो ? त्यसले देशलाई कहाँसम्म पुर्‍याउँछ भन्ने विषयमा छलफल चलिरहेको छ ।’

समाजवादी मोर्चा बनाउने विषयलाई छिट्टै मूर्तरूप दिएर देशलाई निकास दिइने विप्लवले बताए । तर, माओवादीसँग एकता गरेर आफू महासचिव बन्न लागेको विषय गलत भएको विप्लवले बताए ।

मा प्रकाशित