गण्डकीका मुख्यमन्त्री पाण्डेले आज शपथ लिँदै, मन्त्रीको अझै बेटुंगो
आर्थिक परिवेश संवाददातापोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदैछन्। नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिन लागेका हुन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहिवार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरुले पनि सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन्। यद्धपी, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन्। उता, लुम्बिनीका मुख्यमन्त्री…
ताप्लेजुङमा चट्याङः बाबुआमा गम्भीर घाइते छोराको मृत्यु
आर्थिक परिवेश संवाददाताताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गए राति असिना पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
ससुराली गएका ज्वाइँको हत्या प्रयास
आर्थिक परिवेश संवाददातामहोत्तरी । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ । महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुरलगायतले टाउकोमा ठोस् बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ । मरणासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पर फुटेर रक्ताम्य तथा घाँटी…
संखुवासभाको भोटखोलामा खाद्यान्न अभाव
आर्थिक परिवेश संवाददातासंखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्य अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथांका नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिरबाट खाद्यान्य आयात हुन नसक्दा भोटखोलामा खाद्यान्य अभाव भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । ती उत्पादित खाद्यान्यले अधिकांस स्थानीयलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथांका नाका करिब १६२ किलोमिटर टाढा पर्दछ । किमाथांका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरिखानेलाई मर्का…
मेची पारिको विद्यालय बन्द हुँदा……………..
आर्थिक परिवेश संवाददाताझापा। सीमामा तैनाथ भारतीय सुरक्षा बल ९एसएसबी०को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छन्। सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नं १५ को ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन्। सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन्। ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा…

